काठमाडौंमा सुरक्षा व्यवस्था ब्यापक कडाई
काठमाडौँ- राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेसँगै उत्पन्न हुने सक्ने सम्भावित परिस्थतीलाई ध्यान राखेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले राजधानीमा सुरक्षा तैनाथी बढाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास र माइतीघर क्षेत्र लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितीको बढाइएको छ ।
यस्तै, सेनाले मुख्यालय जंगी अड्डामा प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) को बैठक पनि बसेको छ । प्रधानमन्त्रीको कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा मुख्यालयमा छलफल भएको छ ।
संसद् विघटनको निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपाभित्रैको असन्तुष्ट पक्ष समर्थित जनवर्गीय संगठनहरुले माइतीघरमा अहिले प्रदर्शनको तयारी गरेका छन् ।