काठमाडौंमा सिर्जना सिंहले घटाइन् मतान्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) एक हजार ५०० बढी मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणामानुसार बालेनले तीन हजार ११० मत पाउँदा दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार केशव स्थापितले एक हजार ६४३ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले एक हजार ६०२ पाएकी छन् । सिंहले मतान्तर घटाउँदै लागेकी छन् ।