आइतबारदेखि काठमाडौंका विद्यालय बन्द हुने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

आइतबारदेखि काठमाडौंका विद्यालय बन्द हुने



काठमाडौँ । काठमाडौं जिल्लामा आइतबारदेखि विद्यालयहरू बन्द गर्ने तयारी भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि शिक्षा विभागले यस्तो तयारी गरेको हो ।

अति प्रभावित जिल्लामध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको बताइएको छ । त्यसका लागि शुक्रबार सुचना जारी गर्ने तयारी छ ।

कोभिड १९ ले १४ जिल्ला अति प्रभावित भएको र त्यसमा पनि बालबालिकाको संक्रमित दर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न आज पुनः आग्रह गरिसकेको छ । मन्त्रालयले अतिप्रभावित सहरी क्षेत्रका विद्यालय बन्द नभए लकडाउन गरिने चुनौती समेत दिइसकेको छ ।