काठमाडौँका एकैदिन ५ हजार नजिक संक्रमित थपिए
काठमाडौं- बुधबारमात्रै काठमाडौँका लगभग ५ हजार संक्रमित थपिएका छन् ।
उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना छन् ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म ६०० जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत छन् ।