काठमाडौंमा घट्न थाल्यो कोरोना संक्रमण
काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमण घट्न थालेको छ । पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन्।
डा. गौतमका अनुसार काठमाडौँमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ गरी जम्मा १८६ जना नयाँ संक्रमित भेटिएका हुन्।
शुक्रबार मात्र एकैदिन काठमाडौंमा २३० जना भेटिएका थिए ।