सिन्धुपाल्चोकमा भूकम्प गयो, काठमाडौंसम्म हल्लियो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

सिन्धुपाल्चोकमा भूकम्प गयो, काठमाडौंसम्म हल्लियो



काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्पको धक्का गएको छ । सिन्धुन्पाल्चोकको पाङथुङ केन्द्रविन्दु बनाएर ४. ७ रिक्टरस्केलको भूकम्प गएको हो ।

दिउँसो १ बजेर ४६ मिनेट जाँदा दुई पटक सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं, भक्तपुर र दोलखामा समेत धक्का महसुस गरिएको थियो ।