काठमाडौंकै एक पत्रकारमा कोरोना संक्रमण पुष्टि: कन्ट्याक्ट ट्रेसिङ हुँदै - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

काठमाडौंकै एक पत्रकारमा कोरोना संक्रमण पुष्टि: कन्ट्याक्ट ट्रेसिङ हुँदै



काठमाडौं- काठमाडौंकै एक जना पत्रकारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । एक अनलाइनमा कार्यरत महिला पत्रकार कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

घरमै बसेर काम गरिरहेकी ति पत्रकार पछिल्लो समय आफ्नो घर गएको र आएपछि स्वाव टेस्ट गर्दा कोरोना संक्रमण देखिएको बताइएको छ ।

केहिदिन अगाडी उनि आफ्नो घर धादिङ गएकी ती महिला पत्रकारको चार दिनअघि स्बाव संकलन गरिएको स्रोतले बताएको छ ।

उनको कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार उपत्यकमा तीन जना संक्रमित थपिएको जानकारी गराइएको थियो।

ती तीनमध्ये एक जना उनै पत्रकार हुन्। धादिङबाट फर्केपछि ती महिला पत्रकारको स्बाव संकलन गरिएको थियो।