यस्तो छ काठमाडौँको ताजा मतपरिणाम - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

यस्तो छ काठमाडौँको ताजा मतपरिणाम



काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्।

सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३० हजार ८ सय ५८ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्।

कांग्रेसकी सिर्जना श्रेष्ठले १५ हजार ९ सय ६० मत पाएकी छिन्।