अब काठमाडौंका अस्पतालहरुमा सामान्य अपरेशन नहुने - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

अब काठमाडौंका अस्पतालहरुमा सामान्य अपरेशन नहुने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।

लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले यो निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमणका जटिल बिरामीले पनि अस्पतालमा बेड नपाएको गुनासो बढेपछि सरकारले आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको हो ।

अपरेशन कम गरेपछि बिरामीले केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने सम्भावना हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।