अब १५ भदौसम्म उपत्यकामा यस्ता गतिविधि गर्न पाइन्न - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अब १५ भदौसम्म उपत्यकामा यस्ता गतिविधि गर्न पाइन्न



काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै शुक्रबार, ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँसम्मका सबै क्षेत्रमा कडाइका साथ नियम लागू हुने बताइएको छ।

उनका अनुसार यो नियम ३० साउन रातिदेखि १५ भदौसम्म लागू हुने बताइएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरूको शुक्रबार बसेको संयुक्त बैठकले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेको हो। भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टाछुट्टै आदेशमार्फत् यी गतिविधिमा रोक लगाएका छन्।

यस्ता छन् काठमाडौं उपत्यकामा भित्र गर्न नपाइने गतिविधिहरू:

  • खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्न
  • भिडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न
  • उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू
  • चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू
  • शैक्षिक संस्थाहरू संचालन गर्न
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन गर्न
  • फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न
  • उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न
  • टेक वे बाहेक होटल/रेस्टुराँ संचालन गर्न