असार १ गतेबाट हिँडडुल गर्न पाइने, पसल ११ बजेसम्म खोल्न पाइने - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

असार १ गतेबाट हिँडडुल गर्न पाइने, पसल ११ बजेसम्म खोल्न पाइने



काठमाडौं- काठमाडौं उपत्यकामा असार १ गतेबाट हिँडडुल गर्न पाइने भएको छ । उपत्यकामा मास्क लगाएर बाहिर हिड्न पाइने भएको हो । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकले निषेधाज्ञा बढाए पनि केहि खुकुलो बनाउने सहमति गरेको हो ।

त्यस्तै बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ । फेरि उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे आजै विज्ञप्तिमार्फत सार्वजनिक गरिने भएको छ ।

गत वैैशाख १६ गतेबाट जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ। निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलेपनि खासै खुकुलो बनाउने निर्णय नभएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ ।