काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा



काठमाडौँ- काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपिने भएको छ । संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको बताइएको छ ।

स्रोतका अनुसार बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् ।

गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि हुन्छन् ।

यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।