काठमाडौंमा नक्कली नोट छ्यापछ्याप्ती - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

काठमाडौंमा नक्कली नोट छ्यापछ्याप्ती



काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भैरहेको खुलेको छ ।

उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार गरिएको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ललितपुरबाट नक्कली नोट कारोबार गर्ने ति व्यक्ति पक्राउ परेको बताइएको छ । पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैरका १९ वर्षीय मुनबहादुर रावत रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार गरिएको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले नक्कली नोटसहित मुनबहादुरलाई पक्राउ गरेको हो ।