अब यस्ता मापदण्ड पुरा नगरे काठमाडौंबाट बाहिर जान नपाइने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब यस्ता मापदण्ड पुरा नगरे काठमाडौंबाट बाहिर जान नपाइने



काठमाडौं – सरकारले लकडाउन खुकुलो बनाए पनि कतिपय व्यवस्था अत्यन्त कडा बनाएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंबाट बाहिरिनेहरूको लागि थप कडाई गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पास वितरणमा थप कडाइ गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाहिर जान विभिन्न मापदण्ड बताएको छ । जसमा स्थानीय तहले क्वारेन्टाइनमा बस्न ब्यबस्था गरेको प्रमाणित गरेको हुनुपर्ने छ।

‘काठमाडौंबाट बाहिर जिल्लामा जाँदा अब अनिवार्यरुपमा सोही जिल्लाको स्थानीय तहको नियमअनुसारको क्वारेन्टाइनमा बस्ने व्यहोरा जाने ठाउँको स्थानीय निकायबाट प्रमाणित भई आएपछि मात्र सवारी पास जारी हुनेछ’, सूचनामा भनिएको छ ।

त्यस्तै मृत्यु संस्कारमा जानेको हकमा भने पास दिन सकिने बताइएको छ । प्रशासनले सवारी पासको समयावधि पनि निश्चित गरेको छ । अब बिहान १० बजेदेखि १२ बजेसम्म मात्र सवारी पासका लागि निवेदन दिन सकिनेछ ।

संकलन गरिएका निवेदनको आश्यकता हेरेर सवारी पास दिने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।