तत्काल काठमाडौँका खाल्डा पुर्न प्रधानमन्त्रीको निर्देशन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तत्काल काठमाडौँका खाल्डा पुर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चावहिलदेखि साँखुसम्म र कलंकीदेखि थानकोटसम्मको सडक खण्डलाई तत्काल सुधार गर्न उपत्यकाका सडकका खाल्डा तत्काल पुर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री, सचिव र पदाधिकारीलाई बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिएका छन् ।

त्यस्तै सिन्डिकेटका विषयमा समाचार माध्यममा विभिन्न किसिमका समाचार आइरहेका बारे ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले यातायात सिन्डिकेट अन्त्य भइसकेको स्मरण गराएका छन् । उनले सार्वजनिक यातायातलाई कम्पनीमा रूपान्तरण गर्नेलगायतका काम तत्काल सक्न निर्देशनसमेत दिएका छन् ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको बताउँदै कुनै पनि रूपमा यसको पुनरागमन नहुने र सार्वजनिक यातायातलाई कम्पनीमा रूपान्तरण गर्ने दीर्घकालीन व्यवस्थापनको काम भइरहेको बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिएका छन् ।