काठमाडौंमा कडा निषेधाज्ञा, यायायात पूर्ण बन्द, बाहिर निस्कनेलाई पनि कारबाही
काठमाडौ- काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने भएको छ । बैसाख १६ गतेदेखि लागु गरिने निषेधाज्ञा काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा लागु हुने छ ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकमा निषेधाज्ञा लगाउने सहमति भएको बतैएको छ । आजै निषेधाज्ञाबारे विस्तृत निर्णय सार्वजनिक गरिने छ ।
एक अधिकारीका अनुसार निषेधाज्ञामा बैंक र सरकारी कार्यालय खुल्नेगरी यायायात पूर्ण रुपमा बन्द गरिनेछ । अत्यावश्यक र तोकिएका कामबाहेक निस्कनेमाथि कडाइ गरिनेछ ।
खाद्यान्नका पसल खुल्नेछन् । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी दायरामा ल्याइनेसमेत सहमति भएको छ । यसबाहेक निषेधाज्ञामा खोल्न पाइने र नपाइने विषयमा छलफल जारी छ ।
निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने गराउने सहमति भएको ति अधिकारीले बताएका छन् । अहिलेको महामारी विगतको भन्दा डरलाग्दो देखिएकोले पनि यसबारे आगामी दिनमा थप कडा निर्णय लिनुपर्ने प्रमुख जिल्ला अधिकारीहरूको निष्कर्ष छ ।
विस्तृत कुरा सूचनामार्फत सार्वजनिक गरिने तयारी हुँदैछ ।