काठमाडौंमा सभा, जुलुस, प्रदर्शन नगर्नु: जिल्ला प्रशासन - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

काठमाडौंमा सभा, जुलुस, प्रदर्शन नगर्नु: जिल्ला प्रशासन



काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था भयावह रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्न निर्देशन जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । यससंगै प्रशासनले काठमाडौंमा मानिसको भीडभाड अत्यधिक भएको भन्दै कोरोना संक्रमण रोकथाममा निकै चुनौति थपिएको जनाएको छ।

‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

साथै प्रशासनले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न गर गराउनू सबैमा आग्रह गरेको छ। प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ।