काठमाडौंमै ९ जनाको मृत्यु, ५ सय ६ जनामा संक्रमण: निकै बढ्यो जोखिम - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

काठमाडौंमै ९ जनाको मृत्यु, ५ सय ६ जनामा संक्रमण: निकै बढ्यो जोखिम



काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत मंगलबार काठमाडौंमा ४८ जना, भक्तपुरमा १ जना र ललितपुरमा ४ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको छ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५ सय ६ पुगेको छ। यो तथ्यांक कोरोना संक्रमण परिक्षण गर्दा आफ्नो ठेगा काठमाडौं उपत्यकाका कुनै एक जिल्ला टिपाएकाको मात्र हो।

सोमबारसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या चार सय ५३ रहेको थियो भने २ सय ४१ जना डीस्चार्ज भएका थिए। दुई सय ३ जना उपचाररत थिए। यसमा मंगलबार पुष्टी भएकाको संख्या भने समावेश छैन। मंगलबारको तथ्यांकबाहेक हाल काठमाडौंमा एक सय ५५ पुरुष र १७ महिला, भक्तपुरमा ६पुरुष र तीन महिला र ललितपुरमा १५ पुरुष र ७ महिला संक्रमित उपचार गराइरहेका छन्।

यसैगरि काठमाडौंमा ८३ पुरुष र ५१ महिला, भक्तपुरमा २१ पुरुष र २२ महिला तथा ललितपुरमा ३४ पुरुष र ३० महिला संक्रमित निको भएर घर फर्किएका छन्। काठमाडौं उपत्यकामा हालसम्म ९ जनाको मृत्यु भएको छ। काठमाडौंमा पाँच पुरुष र एक महिला र ललितपुरमा ३ जना पुरुष संक्रमितको ज्यान गएको छ।