नयाँ 'हटस्पट' बन्दै काठमाडौं: आजपनि थपिए ठुलो संख्यामा संक्रमित - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

नयाँ ‘हटस्पट’ बन्दै काठमाडौं: आजपनि थपिए ठुलो संख्यामा संक्रमित



काठमाडौं- पछिल्ला केहिदिनमा काठमाडौं उपत्यकाको संक्रमण दर हेर्नेहो भने अबको नयाँ कोरोना ‘हटस्पट’ उपत्यका बनेको देखिन्छ ।

आज मंगलबार पनि काठमाडौं उपत्यकामा ठुलो संख्यामा संक्रमित थपिएका छन् । काठमाडौंमा १४ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ।

यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।