काठमाडौं बिहानैदेखि आन्धकार- हावाहुरीसहितको वर्षा : घरहरुमा क्षति - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

काठमाडौं बिहानैदेखि आन्धकार- हावाहुरीसहितको वर्षा : घरहरुमा क्षति



काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरीसहित वर्षा भएको छ । बिहान उज्यालो कम देखिएको छ ।

उपत्यकासहित आसपासका क्षेत्रमा एकाबिहानैदेखि चलेको यो हावाहुरीको गति निकै तीव्र भएका कारणले केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।

हावाहुरीका कारण काठमाडौंको बुढानिलकण्ठ आसपासका क्षेत्रमा सामान्य क्षति पुगेको छ । बुढानिलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँवस्ती आसपासका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ ।

हावाहुरीले केही रुखहरु ढाल्दाससमेत सडक अवरुद्ध भएको छ । मौसमविद् सुवास रिमालले बिहीबार कैलाली कन्चनपुरमा पश्चिम चापिय असरका कारण हावाहुरी आएको र त्यही प्रणाली पूर्वतिर आएको बताए ।

उनले शुक्रबार बिहान काठमाडौंमा आएको हावाहुरी पनि त्यही चापिय असरले भएको बताए । उनले मेघगर्जनसहितको हावाहुरीको क्रम काठमाडौं बिहान ९ बजेसम्मै रहन सक्ने बताए ।

उनले दिउँसोतिर पनि फेरि यस्तै हावाहुरीसहितको वर्षा हुन सक्ने बताए ।

त्यसपछि बिस्तारै पूर्वतिर सर्नेसमेत उनले बताएका छन् । बंगालको खाडीबाट जलवाष्प आइरहेकाले केही दिनसम्म असर पार्ने नै देखिने मौसमविद् रिमालले बताए । उनले भने, ‘मनसुन अझै सुरु भएको छैन । ढिला नै आउला
। तर मेघगर्जनसहितको वर्षा र चट्याङ लाग्ने क्रम भइरहने छ ।’

उनले सचेत रहेर बस्न पनि आग्रह गरेका छन् । प्रिमनसुनमा विध्वंश मच्याउने क्रम जारी नै रहने बताइएको छ।

हावाहुरीको चाप क्रमशः पश्चिम हुँदै पूर्वतिर गइरहेका कारण सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।