काठमाडौंको फोहोर व्यवस्थापनका लागि समिति गठन: बालेन शाह संयोजक
काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरका मेयर बालेन शाहको संयोजकत्वमा समिति गठन गरिएको छ । नवनिर्वाचित काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले शाहको नेतृत्वमा फोहोर व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
महानगरका जनप्रतिनिधिले सोमबारै शपथपछि पदभार ग्रहण गरेका थिए र सोमबारै कार्यपालिका बैठक बसेको थियो । फोहोर व्यवस्थापन समितिले फोहोर व्यवस्थापनको विकल्पबारे अध्ययन गर्नेछ । यस्तै काठमाडौंका रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालयलाई सार्वजनिक बनाउने बनाउने निर्णय पनि कार्यपालिकाले गरेको छ । रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सम्झौता गरी त्यसलाई कार्यान्वयनमा ल्याइने छ ।
कार्यपालिका बैठकले गुनासो सुन्न कल सेन्टर चलाउने, पूर्वाधार एम्बुलेन्स सञ्चालन र ढलको समस्या समाधान गर्ने पनि निर्णय गरेको छ ।