काठमाडौँमा झन् बढ्दै संक्रमण: एकैदिन थपिए ५७२ जना - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

काठमाडौँमा झन् बढ्दै संक्रमण: एकैदिन थपिए ५७२ जना



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराेना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ६० पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितकाे संख्या १४ हजार ४ सय ४८ रहेकाे छ।