काठमाडौंमा एकै परिवारका ८ जनासम्म कोरोना संक्रमित - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

काठमाडौंमा एकै परिवारका ८ जनासम्म कोरोना संक्रमित



काठमाडौं–काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको वडा नम्बर–१० पञ्चकन्या चोकका एकै परिवारका ८ सहित जनामा संक्रमण पुष्टि भएको हो । न्यूरोडमा व्यापार गर्दै आएका एक ३८ वर्षीय पुरुषबाट एकै परिवारका ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

यस्तै बूढानीलकण्ठ–१ की ३३ वर्षीया महिला र ३५ वर्षीय पुरुष, वडा नम्बर– ४ का ३४ वर्षीय पुरुष, वडा नम्बर–३ का ३३ वर्षीय पुरुष र वडा नम्बर–८ का ६ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ ।