काठमाडौँमा थप १० जना कोरोना संक्रमित भेटिए - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

काठमाडौँमा थप १० जना कोरोना संक्रमित भेटिए



काठमाडौं- काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रि.वि. शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना स‌ंक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०७ जना कोरोना स‌ंक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १२ हजार ९ सय ४७ पुगेको छ।