काठमाडौंमा ठुलो विस्फोट: एक जना घाइते - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

काठमाडौंमा ठुलो विस्फोट: एक जना घाइते



काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरामा ठुलो विस्फोट भएको छ । कागेश्वरी मनोहरा–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको बताइएको छ ।

ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जनाएका छन् ।

प्रहरीका अनुसार घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन् ।

प्रहरीले थप अनुसन्धान हुँदै गरेको बताएको छ ।