काठमाडौंको बेहाल: एकैदिन थपिए ६९६ जना संक्रमित - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

काठमाडौंको बेहाल: एकैदिन थपिए ६९६ जना संक्रमित



काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमणको भयावह अवस्था देखिएको छ । एकैदिन थप ६९६ जनामा उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, शुक्रबार नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। संक्रमितमध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ९७२ जना घर फर्किएका छन्।