बिहानै काठमाडौंमा बस दुर्घटना, १७ घाइते, ४ जना गम्भीर - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

बिहानै काठमाडौंमा बस दुर्घटना, १७ घाइते, ४ जना गम्भीर



काठमाडौं-

काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा आज बिहानै सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस ट्रान्समिटर जडान गरेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।

बिहान सवा ३ बजे पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सो सब पोलमा ठोक्किएर पल्टिएको थियो।

दुर्घटनामा घाइते ८ जनाको नर्भिक अस्पताल थापाथलीमा भइरहेको छ भने ९ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये ४ जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।