काठमाडौंमा रेस्टुरेन्ट, पुस्तक पसल, इलेक्ट्रिक र हार्डवेर खोल्न पाइने - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

काठमाडौंमा रेस्टुरेन्ट, पुस्तक पसल, इलेक्ट्रिक र हार्डवेर खोल्न पाइने



काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ । यस्तै रेस्टुरेन्ट व्यवसायमा पनि केहि खुकुलो बनाइएको छ ।

पहिले भएका केहि प्रावधान हटाएर अहिले निषेधाज्ञा केहि खुकुलो पारिएको छ । एक प्रमुख जिज्ला अधिकारीले संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइने बताए । सवारी आवागमनमा लगाइएको रोक यथावत रहेको उनले बताए ।

होटल–रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् ।

इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।