काठमाडौं भित्रिन र बहिरिन झनै कडा: यस्तो छ नयाँ व्यवस्था - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

काठमाडौं भित्रिन र बहिरिन झनै कडा: यस्तो छ नयाँ व्यवस्था



काठमाडौँ- अब काठमाडौं बाहिर जान र भित्रिनका लागि नयाँ ब्यबस्था गरिएको छ । बाहिरिने र भित्रिनेको लागि यसअघिको नियम हटाएर नयाँ नियम लागु गरिएको हो ।

काठमाडौंबाट बाहिर जान गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र र गन्तव्यको स्थानीय निकायको सिफारिस पत्र अनिवार्य गरिएको छ ।

निषेधाज्ञा खुकुलो बनाइएको भोलिपल्ट बिहीबार काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै काठमाडौं बाहिर जानेका लागि निवेदनसँगै ती कागजपत्र पेश गर्न भनिएको छ।

काठमाडौं जिल्ला प्रशासन प्रमुख जनकराज दाहालले सवारी साधन खुला गरेसँगै बाहिर जानेको लागि सहजीकरण गर्न त्यस्तो सूचना जारी गरिएको बताए।

उनले काठमाडौं प्रवेश गर्नका लागि पिसिआर परीक्षण गरि नेगेटिभ आएको रिपोर्ट पेश गर्नु अनिवार्य गरिएको यसअघिको व्यवस्थालाई कायम गरिएको बताए।

उनले अत्यावश्यक काम भएकालाई मात्र त्यसरी प्रवेश गर्न दिइने बताए।