केटीको कारणले फुट्यो रा.प्र.पा । - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

केटीको कारणले फुट्यो रा.प्र.पा ।



 

काठमाडौं, साउन २४ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन्। बस्नेतले भनेको केटी कुनै स्त्री जाति नभएर के टी यानेकी कमल थापा हुन ।

कमल थापाले एकै चोटी सबै निल्न खोज्दा घाँटी सर्केर यस्तो भएको हो । पार्टीको फुटलाई इङ्गित गर्दै बस्नेतले भने। थापालाई कुनै कार्यकर्ताले पनि अध्यक्षको विकल्पका रूपमा हेरेका थिएनन तर कार्यशैली परिवर्तनको आवस्यकता औलाएका थिए । उनलाई दशकको अध्यक्ष मान्दापनी तातै खाउँ जल्दी मरौँ भन्ने लाग्यो ।

अध्यक्ष थापाले निती सहित नेतृत्व जित्दा पनि आफैले थापेको एम्बुसमा आफै फसेको भन्दै बस्नेतले भने
“अध्यक्षले एकलौटी केन्द्रीय सदस्य मनोनित गरेर अरूका विरूद्ध एम्बुस थापेपनी मनोनित गरेकै केन्द्रीय सदस्य थापाको विरूद्ध पड्किए र आज यो स्थिती भयो” ।