नेपालका 'क्षितिज रिमाल' गुगलको प्रविधि विज्ञमा नियुक्त - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालका ‘क्षितिज रिमाल’ गुगलको प्रविधि विज्ञमा नियुक्त



काठमाडौं : आईटी क्षेत्रमा नेपाल नितान्त नयाँ मुलुक हो । तै पनि पछिल्लो समय यहाँका केही युवाले यस क्षेत्रमा देखाएको हस्तक्षेपकारी प्रगति अन्य मुलुकका लागि समेत प्रेरणा बन्नसक्छ ।

हालै नेपाली एक युवा क्षितिज रिमाल गुगल कम्पनीमा प्रविधि विज्ञको रुपमा नियुक्त भएका छन् । जुन उनको व्यक्तिगत सफलता मात्रै नभएर नभएर संसारभर आईटी क्षेत्रमा अध्ययनरत विद्यार्थीका लागि प्रेरणादायी काम मानिएको छ ।

आठ वर्षयता आईटी क्षेत्रमा कार्यरत रिमाल एआई डेभलपर तथा गहन सिकाइको लागि काम गर्छन् । आईसिटी फ्रेम डट कममा उल्लेख भएअनुसार उनी पोख्त यूआई÷यूएक्स डिजाइनर मानिन्छन् ।

उनको मुख्य काम एआई सिस्टम निर्माणमा केन्द्रित हुँदैआएको छ । रिमाल नेपालका लागि ईन्टरनेस्नल एआई एम्बेस्डर पनि हुन् । रिमालसँगै अरु २२ देशका विज्ञ पनि नियुक्त भएका छन्।