क्रोएशियाका गोलकिपरले लिए सन्यास - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्रोएशियाका गोलकिपरले लिए सन्यास



एजेन्सी । रसिया विश्वकपको उपविजेता राष्ट्र क्रोएशियाका गोलकिपर ड्यानियल सुबाकिलले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन् । विश्वकपमा शानदार प्रदर्शन गरेका सुबासिकले ९ वर्षपछि अन्तर्राष्ट्रिय नखेल्ने भएका हुन् ।

३३ वर्षीय सुबासिकले डेनमार्कलाई पेनाल्टीमा पराजित गर्दा सुन्दर बचाउ गरेका थिए । सुबासिकले सन् २००९ देखि हालसम्म ४४ पटक राष्ट्रिय टिमका लागि खेलेका थिए ।

हाल फ्रान्सको क्लब मोनाकोबाट व्यवसायीक फुटबल खेलिरहेका सुबासिकले नयाँ प्रतिभाहरुको लागि स्थान खाली गरिदिएको बताएका छन् । उनले जारी गरेको वक्तव्यमा भनिएको छ ‘हामी सबैको आयू हुन्छ, हामीले सक्ने समयसम्म खेल्ने हो । यदी सकिदैन भने अन्यलाई बाटो खुल्ला गरिदिनुपर्छ । सायद मैले अर्को विश्वकप खेल्न सक्थे होला तर, मैले अहिले नै बाटो खुल्ला गरिदिएको छु ।’