क्रोएसिया र फ्रान्सबीच २० वर्षअघिको खेल (भिडियो) - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

क्रोएसिया र फ्रान्सबीच २० वर्षअघिको खेल (भिडियो)



काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आज राति फ्रान्स र क्रोएसिया भिड्दैछन्। खेलले २० वर्षअघि विश्वकपको सेमिफाइनलको सम्झना दिलाउनेछ।

सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा भएको थियो।

पहिलो पटक विश्वकप खेलेको क्रोएसियाले प्रतियोगितामा सनसनी मच्चाएको थियो। स्वतन्त्र राष्ट्र भएको ७ वर्षमै सेमिफाइनलको यात्रा तय गर्दा क्रोएसियाको खुसीको सीमा थिएन।

अर्कोतर्फ आयोजक फ्रान्सले सेमिफाइनलमा पुगेपछि घरेलु भूमीमै विश्वकपको ट्रफी पहिलो पटक उचाल्ने सपना देखिसकेको थियो।

क्रोएसियाले क्वार्टरफाइनलमा जर्मनीलाई ३–० गोलले पराजित गरेको थियो। त्यसपछि क्रोएसियालाई ३–० को जित निकाल्न २० वर्ष लाग्यो। उसले जारी विश्वकपमा अर्जेन्टिनालाई ३–० गोलले नै पराजित हराएको थियो।

१९९८ मा आयोजक फ्रान्स जिनेदिन जिदान र थियरी हेनरी जस्ता खेलाडीका कारण उच्च मनोबलमा थियो। हालका प्रशिक्षक डिडियर डेस्चाम्स तत्कालन फ्रेन्च टिमका कप्तान थिए।

सेन्ट डेनिसमा स्थानिय समयअनुसार साँझ ७ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको सुरुवातदेखि नै दुवै टिम आक्रामक रुपमा उत्रिएका थिए। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा क्रोएसियाका डाभोर सुकरले गोल गर्दा घरेलु समर्थक स्तब्ध बनेका थिए।

तर क्रोएसियाले अग्रता एक मिनेट पनि टिकाउन सकेन। डिफेन्डर लिलियन थुरामले ४७ मिनेटमा पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरेका थिए। जुन उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो।

७० मिनेटमा थुरामले अर्को गोल गरे। सो गोल निर्णायक बन्दा फ्रान्सले फाइनलमा स्थान पक्का गरेको थियो भने क्रोएसियाको पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउने सपना चकनाचुर भएको थियो।

फ्रान्सले जारी विश्वकपको फाइनलमा स्थान पक्का गर्ने क्रममा डिफेन्डरकै गोलको सहारा लियो। स्यामुयल उम्टिटीले गोल गरेपछि फ्रान्सले बेल्जिमयलाई हराएको थियो।

२० वर्षअघि फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेको थियो।

यसपटक फ्रान्सले उपाधिका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। आइतबार राति फ्रान्स २० वर्षअघिको इतिहास दोहोर्यादउँदै दोस्रो पटक उपाधि जित्ने अभियानमा हुनेछ। क्रोएसिया पनि २० वर्षअघि सेमिफाइनलमा भोगेको हारको बदला लिँदे नयाँ च्याम्पियन बन्ने लक्ष्यमा छ।

१९९८ मा फ्रान्स र क्रोएसियको भिडन्त :