जग्गा किर्ते गरी हडप्नेमा माओवादी नेता देखि पत्रकार सम्म - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

जग्गा किर्ते गरी हडप्नेमा माओवादी नेता देखि पत्रकार सम्म



बैशाख, १२ झापा

झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ ।

जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दावी छ । उनकै योजनामा विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जग्गा किर्ते गरी हडप्न खोजेको पाइएको झापाका एसपी शैलेश थापाले बताए ।

घिमिरेसहित उनका सहयोगी शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य राजु आचार्य(अग्नि), माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र विर्तामोडका ओम शिवाकोटी परार रहेको प्रहरीले बताएको खबर आजको कान्तिपुरमा छ ।