कृषि पत्रकार समाज रुपन्देहीमा गठन - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

कृषि पत्रकार समाज रुपन्देहीमा गठन



आचार्य प्रदीप
बुटवल । रुपन्देहीमा क्रियाशील कृषि क्षेत्रका पत्रकारहरूको भेलाबाट बुटवल टुडे दैनिकका वरिष्ठ संवाददाता कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज नेपाल रुपन्देही शाखा गठन गरेको छ ।

शनिवार बुटवलमा भएको भेलाबाट उपाध्यक्षमा कान्तिपुर टेलिभिजनमा अवद्ध भुवन पाण्डे र महिला उपाध्यक्षमा बुटवल एफएमकी रेनुका गिरिलाई चयन गरिएको छ । यस्तै सचिवमा लुम्बिनी टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत विकास पराजुली, सह सचिवमा रेडियो मुक्तिकी मिना पाण्डे(अस्मिना) , कोषाध्यक्षमा सत्यदिप सन्देशका बसन्तराज बराल चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा कपिल ज्ञवाली, दिनेश कुमार श्रेष्ठ, मिना पौडेल, झविन्द्र देवकोटा, गणेश बेल्बासे, हिक्मत चौधरी, प्रदिप आचार्य, कपिल अधिकारी, नवीन घिमिरे चयन भएका हुन ।

यस्तै नयाँ गठन गरिएको कार्यसमितिले विश्वास ढकाल, मनोरञ्जन शर्मा, त्रिलोचन दाहाल, यमलाल भुषाल र भगवती पाण्डेलाई सल्लाहकारको रूपमा चयन गरेको छ । यस्तै साधारण सदस्ययहरुमा प्रकाश खनाल, लक्ष्मण पोखरेल, विनोद परियार, चण्डी बस्याल, विमल तिवारी, प्रकाश आचार्य, सुरेश परियार, सुदिप भण्डारी, टङ्क सुनार, आशिष् चौधरी, गौरव खनाल, पुनहरी बेल्बासे, विरेन्द्र कुँवर, पूजा पन्थी , प्रकाश पाण्डे, मोहन न्यौपाने र ललित पाण्डे रहेका छन् ।

प्ररम्भीक भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले कृषि क्षेत्र नेपालको सबैभन्दा बढी आर्थिक क्षेत्रमा योगदान पु¥याउने क्षेत्र भएको कारण यसमा सञ्चारकर्मीहरूको विशेष ध्यान जानुपर्ने धारणा राखेका थिए । उनले उर्जावान पत्रकारहरूको सक्रियतामा गठन गरिएको कृषि पत्रकार समाजले आगामी दिनमा कृषिको क्षेत्रमा थप रचनात्मक कार्य गर्नेमा समेत अपेक्षा लिए ।

कार्यक्रममा प्रेस सेन्टर प्रदेश नम्बर ५ कापाध्यक्ष रुद्रहरी कुँवर, प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, प्रेस सेन्टर रुपन्देहीका उपाध्यक्ष गुनाराम घिमिरे, प्रगतिशील पत्रकार सङ्घ का कोषाध्यक्ष विरेन्द्र कुँवर, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सह सचिव विनोद परियार लगायतले लिखित रूपमा शुभकामना दिएका थिए ।