कृष्ण थापा फेरि पुगे सर्वोच्च अदालत: मुद्दाको सुनुवाई हुँदै - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

कृष्ण थापा फेरि पुगे सर्वोच्च अदालत: मुद्दाको सुनुवाई हुँदै



काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट दोस्रोपटक निलम्बित राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा फेरी सर्वोच्च अदालत पुगेका छन् । जेठ ३१ गते सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको थियो।

आफ्नो पद पुर्नबहालीको माग गर्दै थापाले आइतबार दोस्रोपटक सर्वोच्चमा निवेदन दिएका हुन् । उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा अहिले सुनुवाई भइरहेको छ ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको थियो। जेठ २३ गते न्यायाधीश कुमार चुडालको इजलासले थापाका पक्षमा अन्तरिम आदेश दिएको थियो। उनी प्रदेश सभामा बहाल भएपछि जनमोर्चाले फेरि कारबाही गरेको थियो।

राष्ट्रिय जनमोर्चा, गण्डकी प्रदेश सभा र सभामुखको भ्याकेटको निवेदमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेसँगै थापाको सांसद पद स्वतः खारेज भएको थियो। जनमोर्चाको सिफारिसमा प्रदेश सभाले दोस्रोपटक सांसद पदबाट निलम्बन गरेका थापा अब प्रदेश सभामा भाग लिन नपाउने भएपछि सर्वोच्चमा आएको बताएका छन् ।

गण्डकीमा जनमोर्चाका ३ सांसद भएपनि थापाको कारवाही पछि हाल २ जना मात्र रहेका छन् । विपक्षी गठबन्धनको समर्थन नगरेको कारण थापाको पद खोसिएको हो ।