संसद सचिवालयका उपसचिव खनालको कोरोनाबाट अक्सिजन नपाएर मृत्यु - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

संसद सचिवालयका उपसचिव खनालको कोरोनाबाट अक्सिजन नपाएर मृत्यु



काठमाडौं– संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कुनै लक्षण नदेखिएका उनलाई एक्कासी गाह्रो भएपछि कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। घरमै आइसोलेसनमा बसेका चन्द्रागिरी–१२ हरियाली निवासी खनाललाई शुक्रबार बिहान ४ बजे अचानक अक्सिजनको मात्रा कमि भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

एम्बुलेन्स ढिलो आएको र अक्सिजन नभएका कारण उनको बाटोमै मृत्यु भएको बताइएको छ। बिहीबार प्रतिनिधिसभाका ४ जना सांसद र ३ जना कर्मचारीमा कोरोना देखिएकोमध्ये उनी पनि एकजना भएको बताइएको छ ।

२७ वैशाखमा बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसद र कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो।