कृष्णचन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने पक्का: बहुमतसहित प्रमुखकहाँ जाँदै
काठमाडौं- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने पक्का भएको छ । नेपालीका पक्षमा बहुमत पुराएर गठबन्धनका सदस्यहरू प्रदेश प्रमुखकोमा जाने भएका छन् ।
नयाँ सरकार गठनको आह्वान गरेसंगै दाबीसहित बहुमत सदस्य प्रदेश प्रमुखकहाँ उपस्थित हुने भएका छन् । उनीहरू सशरीर उपस्थीत हुने भएका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेको केहीबेरपछि उनीहरु बहुमत सदस्यसहित उपस्थित हुन लागेका हुन् ।
अहिले केहीबेरपछि उनीहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।