'कृ' फिल्मका निर्माता पक्राउ, अनमोल र भुवन केसीलाई के हुन्छ ? - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

‘कृ’ फिल्मका निर्माता पक्राउ, अनमोल र भुवन केसीलाई के हुन्छ ?



काठमाडौं– गीत चोरीको आरोपमा अनमोल केसी अभिनित फिल्म ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्राउ गरेको हो।

नेपाली पुरानो फिल्म ‘सम्झना’का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। सम्झना फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि…’ बोलको गीत चोरेको आरोपमा प्रधानले गत महिना उजुरी गरेका थिए।

पटक-पटक छलफल गर्दा पनि ‘कृ’ले उक्त गीत हटाउन नमानेपछि मुद्दा प्रक्रिया अघि बढेको हो। परिसरका डिएसपी मोहन थापाले निर्माताविरुद्ध प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको बताए।