क्रान्तिकारीद्वारा तौलिहवा क्याम्पस सरसफाइ कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

क्रान्तिकारीद्वारा तौलिहवा क्याम्पस सरसफाइ कार्यक्रम सम्पन्न



आभास पौडेल / कपिलवस्तु ।

अनेरास्ववियू ( क्रान्तिकारी ) कपिलवस्तु  बहुमुखी क्याम्पस ,तौलिहवा इकाई समितिको आयोजनामा सदाको वर्षझैँ यसवर्ष पनि सरसफाई कार्यक्रम आज  सम्पन्न भएको छ।  हाम्ले नगरे कले गर्ने भन्ने सन्देश दिदै सरसफाई कार्यक्रम राखिएको अखिल क्रान्तिकारीका इकाई अध्यक्ष वसिम खानले जानकारी दिए ।

सरसफाई कार्यक्रमको  उद्घाटन क्याम्पसका क्याम्पस प्रमुख नबराज तिवारीले झाडु लगाएर गरेका थिए । बिहान सुरु भएको कार्यक्रममा क्याम्पसका सम्पुर्ण बिद्यार्थी सहभागी भएको थियो ।कार्यक्रममा क्याम्पस प्रमुख तिवारीले आयोजक र सम्पुर्ण बिद्यार्थी लाई धन्यवाद दिदै कार्यक्रम बाट आफू एकदमै खुसी भएको भन्नू भयो ।

कार्यक्रम आयोजक इकाई अध्यक्ष वसिम खानले  उपस्थित सबैलाइ धन्यवाद दिदै आगामी दिनमा पनि संगठनले रचनात्मक कार्यक्रम गर्ने बाचा गर्नुभएको छ।