विप्लब क्रान्तिकारीद्वारा काठमाडौंमा विरोध र्याली
काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति काठमाडौंले मुलुकमा हत्या हिंसा र बलात्कार बढिरहेको भन्दै सोमबार काठमाडौंमा विरोध ¥याली गरेको छ ।
मुलुकभर हत्या हिंसा र बलात्कार बढिरहेको र घटनामा संलग्न कारवाहीको दायरामा आउन नसकेको भन्दै अखिल (क्रान्तिकारी)ले विरोध स्वरुप काठमाडौमा विरोध र्याली निकालेको हो । विरोध र्यालीमा बिद्यार्थीहरुलाई बिद्यालयको पोशाकमा नै सहभागी गराईएको थियो ।
काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको र्याली रत्नपार्क , शहिदगेट सुन्धरा हुदै पुन शान्तिबाटिकामा पुगी समापन भएको थियो । अखिल (क्रान्तिकारी)ले पछिल्लो समय मुलुकमा महंगी निकै बढेको र सर्वसाधारण मर्कामा परेको भन्दै तत्काल महंगी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै सिमा अतिक्रमणका विरुद्ध पनि प्रर्दशनकारीले नारा लगाएका थिए ।
अखिल (क्रान्तिकारी)ले बैज्ञानिक समाजवादी शिक्षाा प्राप्तीका लागी सघर्ष गर्ने भन्दै आगामी मंसिर ८ गते खुल्ला मञ्चमा हुने सभामा सहभागी हुन पनि आपिल गरेको छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिर ८ मा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।