कपिलवस्तुमा एक जना आइसोलेसनमा भर्ना: कोरोनाको परिक्षण हुँदै
कपिलवस्तु- कोरोना संक्रमणको लक्षण देखिएपछि आइतबार एक जनालाई अस्पताल भर्ना गरिएको छ ।
विजयनगर गाउँपालिकावडा २ का ३० वर्षीय युवामा ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिएपछि कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
बिरामीको स्वाब परीक्षणका लागि आइइतवार नमूना संकलन गरी बुटवल पठाइने अस्पतालले जनाएको छ ।
कोरोनाको संक्रमणको आशंकामा आइसोलेसन वार्डमा राखी उपचार सुरु गरिएको यो पहिलो केश हो ।
कपिलवस्तु अस्पतालमा ८ आइसुलेसन वार्डमा ८ वटा वेड तयारी अवस्थामा राखिएको छ ।