यस्तो छ कांग्रेसको ‘कोखदेखि शोकसम्म’ कार्यक्रम - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

यस्तो छ कांग्रेसको ‘कोखदेखि शोकसम्म’ कार्यक्रम



नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि थुप्रै नयाँ कार्यक्रम समेटेर सङ्कल्पपत्र सार्वजनिक गरेको छ।

आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरूले सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्। कांग्रेसले चुनाव जितेका स्थानीय तहले गर्ने कार्यक्रमलाई सङ्कल्पपत्र मार्फत घोषणा गरेको हो।

कांग्रेस महामन्त्री गगन थापा नेतृत्वको समितिले तयार गरेको घोषणापत्रमा ‘कोखदेखि शोकसम्म’ नाम दिएर सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको छ। जसमा जन्मेदेखि मृत्यु संस्कारसम्मका सामाजिक सुरक्षाका कार्यक्रम समेटिएका छन्।

यो कार्यक्रममा युवायुवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा, गर्भावस्थामा निःशुल्क परीक्षण, घरवारविहीन गर्भवतीलाई निःशुल्क आश्रय र पोषणको व्यवस्था गर्ने उल्लेख छ। त्यस्तै, सुरक्षित मातृत्व, बालविकास, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था गर्ने लगायत कार्यक्रम समेटिएका छन्।

त्यसपछि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तासँगै ज्येष्ठ नागरिकको घरमै उपचार गर्ने व्यवस्था मिलाउने कांग्रेसको योजना छ।

सबै समुदाय र धर्मका नागरिकका लागि अन्तिम संस्कार गर्न स्थान उपलब्ध गराउने र मृत्यु संस्कार खर्च समेत दिने कांग्रेसको योजना छ।