केपी अाेली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजकाे भेट अापत्तिजनक :गजुरेल
काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा एमालेका अध्यक्ष केपी अाेली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजकाे भेट अापत्तिजनक रहेकाे अाराेप लगाएका छन् ।
माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा केहिदिन अघि भएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणलाई लिएर टिप्पणी गर्दैं गजुरेलले भने- ‘स्वराजको नेपाल भ्रमण ओलीसँग मोदीको टेलिफोनमा कुराकानी भएपछि भएको हो।
नेपालमा को प्रधानमन्त्री हुने भन्ने निश्चितै नभइसकेको अवस्थामा मोदीले ओलीलाई भावी प्रधानमन्त्री भनेर बधाई दिने चलन संसारमा कहिकतैं छैन र त्यो अस्वाभाविक र अन्तराष्ट्रिय कुटनितिक मान्यतालाई मिचेर दिइएको हो।’
स्वराज आएर दुई देशको झण्डा राखेर ओली नै प्रधानमन्त्री भइसकेको झैं गरेर वार्ता गर्नु आपत्तिजनक हो। ओली सरकारमा नभएको अवस्थामा ओलीको निम्तो मानेर भारत सरकारको प्रतिनिधी आउनु कुटनितिक मर्यादा विपरित हो।सुष्मा स्वराजले अरु देशमा कुनै किसिमको हस्तक्षेप गर्न नसक्ने अवस्थामा नेपाल बारम्बार आइरहेको गजुरेलले जिकिर गरे।
एमाले र माओवादी दक्षिणपन्थी पार्टी हुन्। दुई दक्षिणपन्थी पार्टी मिल्दा बामपन्थी हुन सक्दैन।उनीहरूले बलियो दक्षिणपन्थी पार्टी बनाएको भनेको भए राम्रो हुनेथियो गजुरेलले भने।