केपी ओली अझैपनि संघीयताको पक्षमा छैनन् : गगन थापा - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

केपी ओली अझैपनि संघीयताको पक्षमा छैनन् : गगन थापा



काठमाडौं–

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको पक्षमा नरहेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा नरेश बमद्धारा लिखित पुस्तक ‘सवल’ को बिमोचन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा आफ्ना कुरा राख्दै उनले भने, ‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ, यो राम्रो होइन, त्यस्तै मोहनविक्रमले यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा.भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ, पाँच वर्षपछि उहाँहरुको भनाईले व्यवहारिकता नपाओस् ।’

नेता थापाले संघीय व्यवस्था बिरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका–उपशंका गर्न नपाउने जिकिर गरे । उनले भने, ‘संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन् ।’