प्रधानमन्त्री ओलीकी छोरी कक्षामा प्रथम ! - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रधानमन्त्री ओलीकी छोरी कक्षामा प्रथम !



काठमाडौं । आठ वर्षीया ठिल्लेसाङमु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्री केपी ओली छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष बैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बृद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराउनुभएको थियो ।

मुगुककार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छन् । उनको पढाइ शुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताउनुभयो ।

उहाँका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोही साक्षर छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छन् । पानी भर्ने, गाईबस्तु चराउने बनपाखामा च्याउ टिप्नेलगायत काम गर्छिन् । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।