प्रधानमन्धी ओलीले छिटो सक्न भने सुन तस्किरीको अनुसन्धान - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

प्रधानमन्धी ओलीले छिटो सक्न भने सुन तस्किरीको अनुसन्धान



काठमाडौं– सुन तस्करीको अनुसन्धान निष्कर्षमा र्पुयाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विशेष अनुसन्धान टोलीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार अनुसन्धानको प्रगतिबारे ‘ब्रिफिङ’ गर्न गएको टोलीलाई अनुसन्धान छिटो टुंग्याउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री र गृहमन्त्री दुवै जना चीन भ्रमणमा रहेका बेला अनुसन्धान टोलीले भारतीय व्यापारी विमल पोद्दारलाई पक्राउ गरेको थियो। उनीसँग धेरै ठूला व्यापारी तथा पूर्व प्रहरी अधिकारीहरुको सम्बन्ध देखिएपछि टोलीले ‘बिफ्रिङ’ गरेको हो । ठूला व्यक्तिहरु पर्ने देखिएपछि अनुसन्धान टोलीमाथि अनुसन्धान छिटो टुंग्याउन अप्रत्यक्ष रुपमा दबाव आउन थालेको स्रोतले जानकारी दिदैं आएको छ ।

जेठ अन्तिममा सकिएपछि अनुसन्धान टोलीको म्याद सरकारले असार मसान्तसम्मका लागि म्याद थपेको थियो ।