ओली नयाँ राजा हुन् : डा. रिजाल - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ओली नयाँ राजा हुन् : डा. रिजाल



काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘नयाँ राजा’ को संज्ञा दिएको छ । नेपाली काँग्रेस नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको दावी गरेका छन् ।

मन्त्रीहरुले कानुन मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई उनले चेतावनी दिए । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानुन मन्त्री शेरबहादुर तामाङले कानुन मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै उनीहरुलाई नियन्त्रण गर्न भन्दै रिजालले प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खर्च कटौतिको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दा नेता रिजालले गृहमन्त्री थापाले कानुन मिचेर ठेकेदारहरुलाई कार्वाही गर्ने गरेको भन्दै आपत्ति जनाए । सरकारले मूल्य वृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई दमन गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।