सी जिनपिङ चाँडै नेपाल भ्रमणमा आउने - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सी जिनपिङ चाँडै नेपाल भ्रमणमा आउने



काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधिमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चाँडै हुने कुरा व्यक्त गरेका छन् । चीन भ्रमणमा आफुसँगको भेटमा चिनियाँ राष्ट्रपतिले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको जानकारी ओलीले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सकारात्मक र सफल भएको दिदैं सो अवसरमा भएका १४ बुँदे र ९ बुँदे सहमति बारेमा जानकारी दिएका हुन् । भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खछ्याङसँग ओलीले भेट बार्ता भएको जानकारी प्रतिनिधि सभामा दिएका छन् ।

नेपालसँगको चीन र भारतको सम्बन्धबारे विभिन्न सकरात्मक र नकरात्मक टिकाटिप्पणी भइरहँदा ओलीले सरकारले दुवै छिमेकी मुलुकलाई समान व्यवहार गर्ने जानकारी दिए । छिमेकी राष्ट्रहरुको प्रविधि र सामर्थ्य आफ्नो देशको विकासमा मिसाउन चाहेको ओलीले भनेका छन् । सबैसँग मिलेर देशलाई सम्बृद्ध नेपाल बनाउने सपना पुरा गर्ने आफ्नो चाहना रहेको जानकारी ओलीले दिएका छन् ।