कोटेश्वरको एक उद्योगमा भिषण आगलागी
काठमाडौँ- काठमाडौंको कोटेश्वरस्थित एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
कोटेश्वरको झोलुंगे पुल नजिक हिरा महर्जनको फर्निचर उद्योगमा गएराति आगलागी भएको बताइएको छ । आगोले नजिकका केही घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
बिजुली सट भएर आगलागी भएको प्रहरीको अनुमान छ । दमकलको सहयोगमा गएराति १२ बजे आगो निभाइएको थियो ।